मंसिर भित्रै तीन तहको निर्वाचन सक्नु पर्छ




सङ्खुवासभा । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले तीन तहको निर्वाचन मंसिर भित्र सम्पन्न नभए देश संबैधानीक संकटमा पर्ने बताउनुभएको छ । शुक्रबार तुम्लिङटार एयरपोर्टमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आगामी मंसिरको दोश्रो हप्ता भित्र स्थानीय, प्रादेशिक र संघिय निर्वाचन सम्पन्न गर्नुको विकल्प नभएको बताउनुभएको छ । कुनै कारणले तीनै तहको निर्वाचन सम्पन्न गर्न नसके हालसम्म प्राप्त भएको उपलब्धीहरु गुम्नसक्ने बताउनुभएको छ । निर्वाचनको लागि कुनै हालतमा आफ्नो पार्टी तयार रहेको समेत श्रेष्ठले बताउनुभएको छ । निर्धारित समयमानै निर्वाचन सम्पन्न गर्नको लागि आफुहरुले प्रधानमन्त्री र निर्वाचन आयोगका प्रमुखसँग नियमित सम्पर्क र समन्वय गरिरहेको उहाँको भनाई छ ।

भोजपुरको चुनावीसभालाई सम्बोधन गरेर काठ्माण्डौ फर्किन लाग्नुभएका श्रेष्ठले गाउँगाउँका जनताहरु मतदान गर्न आत्तुर रहेको समेत बताउनुभयो । अन्य जिल्लाका नागरिकहरु जस्तै दुई नम्बर प्रदेशका नागरिकहरु पनि मतदान गर्न तयार रहेकोले तेश्रो चरणको चुनावमा राष्ट्रिय जनतापार्टी पनि सहभागी हुनु पर्ने बताउनुभयो ।

सम्बन्धित समाचार