संखुावासभा, भदौ १३ गत । नेपाली कांग्रेस जिल्ला कार्य समिति संखुवासभाले स्थानीय तह निर्वाचनमा अन्तरघात गर्ने दर्जन नेता तथा कार्यकर्तालाई कारर्वाही गरेको छ । असार १४ मा सम्पन्न स्थानीय तहको चुनावमा पार्टीको हित बिपरित कार्य गर्ने कार्यकर्ता कारवाहीमा परेका हुन् ।
सक्रिय सदस्य पेम्बा टासी शेर्पा, लक्ष्मण पराजुली, भीमबहादुर राई, सम्झना घले लगायत एक दर्जन कार्यकर्तालाई साधारण सदस्यबाट समेत निस्कासन गरिएको नेपाली कांग्रेसले बताए । शेर्पा मकालु गाउँपालिकाको प्रमुख पदमा स्वतन्त्रमा चुनाव लडेका थिए । पार्टीलाई अन्तरघात गरी स्वतन्त्र उम्मेदवारी दिएकाले मकालुमा हार बेहोर्नु परेको जिल्ला समितिको ठहर छ । शेर्पालाई सहयोग पु¥याएको भन्दै लक्ष्मण पराजुलीलाई पनि कारर्वाही गरिएको कांग्रेसले जनायो ।
खाँदबारी नगरपालिका ११ बाट अध्यक्षमा बागी उम्मेद्वारी दिएका भीमबहादुर राई र सम्झना घलेलाई पनि निस्कासन गरिएको छ । उनीहरु एमालेका तर्फबाट उम्मेदवार भएका थिए । बाँकी कार्यकर्तालाई भने उजुरीको आधारमा केन्द्रबाटै कारवाही गर्न नाम सिफारिस गरेको कांग्रेसले बताए । रेडियो संखुावभसा
प्रतिक्रिया