सङ्खुवासभा, कातिक ९ गते । जिल्लामा यस पटक ६ मतदान केन्द्र थपिएको छ । जिल्ला निर्वाचन कार्यालयले अध्यावधीक गर्ने क्रममा मतदाता संख्या बढेपछि मतदान केन्द्र पनि थपिएको हो ।
निर्वाचन कार्यालयले मतदाता अध्यावधिक गर्ने क्रममा ८ हजार बढी नयाँ मतदाता थपिएको थियो । मतदाताको संख्या ह्वात्तै बढेपछि मतदान केन्द्र थप गर्नु परेको जिल्ला निर्वाचन अधिकृत ऋषीकुमार दाहालले जानकारी दिनुभयो । एक हजार ४६ मतदाता बराबर एक मतदान केन्द्र तोकिने नियम अनुसार यस पटक सरस्वती मावि चैनपुर, धर्मदेवी मावि देवीटार, बाल ज्योती प्रावि कोक्सा, बाणीबिलास मावि लोहाकोट र श्री प्रावि सिद्धकालीमा एक एक केन्द्र थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यो सहित सङ्खुवासभामा एक सय ५३ मतदान केन्द्र पुगेको छ ।
सङ्खुवासभामा प्रतिनिधी सभाको लागि एक र प्रदेशका लागि दुई वटा निर्वाचन क्षेत्र कायम गरिएको छ । यस पटक सङ्खुवासभामा एक लाख पाँच हजार ८५ मतदाता रहेका छन् ।
प्रतिक्रिया