सङ्खुवासभा, मंसिर २५ गते । प्रतिनिधी सभा तफै सङ्खुवासभामा नेकपा एमालेका राजेन्द्र गौतम बिजयी बन्नुभएको छ । नेपाली कांग्रेसका दीपक खड्कालाई पछि पार्दै गौतम प्रतिनिधी सभा सदस्यमा विजयी बन्नुभएको हो ।
गौतमले ३२ हजार सात सय ६९ मत प्राप्त गर्नुभएको छ भने खड्काले ३१ हजार ६ सय ३९ मत प्राप्त गर्नुभएको छ । २०७० को संविधानसभाको निर्वाचनमा खड्का र गौतम विच नै चुनावी प्रतिस्पर्धा भएको थियो । सो निर्वाचनमा दिपक खड्काले राजेन्द्र गौतमलाई पराजय गराउनुभएको थियो ।
मंसिर २१ गते साँझबाट सुरु गरिएको मत गणना पटक पटकको बिवाद विच पाँच दिन लगाएर सम्पन्न भएको हो । मत गणनाको अन्तिम दिन प्रतिनिधी सभाको मत गणनामा गणक कर्मचारीहरुले आफुहरुको मत बदर गरेर धाँदली गरेको भन्दै मत गणना बहिस्कार गरेर बाहिरिएका थिए ।
सुर्य र रुखमा छाप लगाईएको मतपत्रमा उस्तै प्रकृतिको मत संकेत देखिएपनि सुर्य भएकोलाई सदर र
रुख भएकोलाई बदर भनिएपछि नेपाली कांग्रेसले आपत्ती जनाएको थियो । त्यस्तै प्रदेश सभा (क) तर्फको मत पेटिका कांग्रेसको आधिकारीक प्रतिनिधीको अनुपस्थितिमा खोलिएको भन्दै नेपाली कांग्रेसले आपत्ती जनाए पछि पनि गणना रोकिएको थियो ।
मत गणना बहिस्कार गरेर बाहिरिएका कांग्रेस उमेदवार दिपक खड्काले कानुनी उपचार खोज्ने पत्रकार सम्मेलन गरि जानकारी गराउनुभएको छ । कर्मचारीहरुबाटै पक्षपाती ब्यावहार भएकोले आफुलाई प्राप्त भएको मतहरु बदर गरिएको उहाँका दावी छ ।
प्रतिक्रिया