शिलिचोङ गाउँपालिकामा विकासे योजनाहरुले तिब्रता पाउँदै




सङ्खुवासभा । सङ्खुवासभाको शिलिचोङ गाउँपालिकाले विकासे योजनाहरुलाई तिब्रता दिएको छ । चालु आर्थिक बर्षको लागि वडा परिषदबाट पास भएर आएका योजनाहरु धमाधम सम्झौता गरि निर्माण कार्य थालनी गरिएको छ ।

शिलिचोङ गाउँ पालिकामा महत्वकांक्षी योजनाको रुपमा हेरिएको सडक निर्माणलाई प्राथमिकतामा राखी तिब्रता दिईएको छ । ४५ लाख रुपैयाँको माङ्तेवा–याफु सडक निर्माण कार्य सुरु भईसकेको शिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिनुभयो । गाउँ पालिकाको ४ नम्बर वडा माङ्तेवादेखि ५ नम्बर वडा याफुको वडा कार्यालय जोड्ने योजना भएपनि यस बर्ष पुरा नहुने समेत अध्यक्ष कुलुङले जानकारी दिनुभभयो ।

उता गाउँपालिका कार्यालयबाट लकुवा तर्फको सडक पनि सम्झौता भईसकेको र केही दिनमा नै सडक खन्ने काम सुरु गरिने कार्यकारी अधिकृत मोहन प्रसाद निरौलाले जानकारी दिनुभयो । सो योजनाको लागि ३० लाख रुपैया विनियोजन गरिएको र कडा चट्टान नरहेकोले चाँडै योजना सम्पन्न हुने कार्यकारी अधिकृत निरौलाले जानकारी दिनुभयो ।

गाउँपालिकाको अन्य वडाहरुमा पनि योजना सम्झौता गरि निर्माण कार्य सुरु भईसकेको वडा अध्यक्षहरुले जनाएका छन् । यस बर्ष निर्माण हुने सडकहरु ग्रेडीङ मिलाउदै खनिने भएकोले सडकको ट्रयाक ओपन गर्ने वित्तिकै प्रयोगमा ल्याउन सकिने बताईएको छ ।

सम्बन्धित समाचार