काँकरभिट्टाबाट ११ हजारभन्दा बढी पर्यटक भित्रिए



झापा, माघ ३ –झापाको पूर्वी नाका काँकरभिट्टाबाट सन् २०१७ मा ११ हजार ४ सय ९७ जना पर्यटक नेपाल भित्रिएको अध्यागमन कार्यालयले जनाएको छ ।

२०१७ जनवरीदेखि डिसेम्बरसम्म अष्ट्रेलियाबाट २ सय २२, अष्ट्रियाबाट १२, बंगलादेशबाट २ हजार २५, बेल्जियमबाट ३६, क्यानडाबाट १ सय ७०, चीनबाट २ सय ५९, डेनमार्कबाट १३, फ्रान्सबाट २ सय १२, जर्मनबाट २ सय ७, इजरायलबाट ३१, इटलीबाट ४२, जापानबाट १ सय १२ जना नेपाल भित्रिएको अध्यागमन कार्यालयले जानकारी दिएको हो ।

त्यस्तै मलेसियाबाट ९०, नेदरल्याण्डबाट ५८, न्यूजील्याण्डबाट ४७, नर्वेबाट १०, सिंगापूरबाट ३२, श्रीलंकाबाट २, स्विजरल्याण्डबाट ६७, स्पेनबाट ७८, स्विडेनबाट ३२, दक्षिण कोरियाबाट ४ सय २०, ताइवानबाट ३९, थाइल्याण्डबाट ४०, सयुक्त राज्य अमेरिकाबाट ८ सय ८२, बेलायतबाट २ सय ९७, भुटानबाट १६ सय १६ र अन्य मुलुकबाट ४ सय ७२ जना पर्यटक काँकरभिट्टा नाका हुँदै नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय काँकरभिट्टाका नायवसुव्वा कृष्ण प्रसाद सिक्देलले जानकारी दिनुभयो ।
यस्तै विभिन्न मुलुकमा कार्यरत ३ हजार ९ सय ६९ नेपाली पनि यो नाकाबाट नेपाल फर्किएको अध्यागमन कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार