सङ्खुवासभा, फागुन १८ गते । राष्ट्रिय बाणिज्य बैंक चैनपुर शाखाले चैनपुरको पोखरीमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । आज बृहत कार्यक्रम आयोजना गरि काउण्टरको उद्घाटन गरिएको छ ।
राष्ट्रिय बाणिज्य बैंक क्षेत्रीय कार्यालयका प्रबन्धक राजेन्द्रकुमार कट्टेलको अध्यक्षतामा आयोजना गरिएको उद्घाटन कार्यक्रममा प्रतिनिधीसभा सदस्य राजेन्द्र गौतम प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, प्रदेशसभा (ख) सदस्य तुलसी न्यौपाने लगायत सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरुको पनि सहभागिता रहेको थियो ।
पोखरीमा स्थापित एक्स्टेन्सन काउण्टरबाट कर्जा बाहेकका सम्पुर्ण सेवाहरु उपलब्ध हुने क्षेत्रिय प्रबन्धक कट्टेलले जानकारी दिनुभयो । काउन्टरबाट चैनपुर, मादी, जलजला, नुनढाकी लगायतका क्षेत्रको नागरिकहरुले सेवा लिने बताईएको छ ।
प्रतिक्रिया