संखुवासभामा बन्दको प्रभावः जनजिवन प्रभावित




सङ्खुवासभा, चैत ११ गते । नेपाल कम्युनिष्ट पार्टी (बिप्लप समुह) ले आव्हान गरेको कोशी बन्दको कारण सङ्खुवासभाको जनजीवन प्रभावित बनेको छ । पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ताहरु निशर्त छोड्न माग राख्दै आव्हान गरेको बन्दका कारण बजार र यातायात सञ्चालन नहुँदा नागरिकहरुले सास्ती पाएका छन् ।

सङ्खुवासभाको मुख्य बजारमा केही पसलहरु खुलेपनि अधिकांस बन्द हुँदा नागरिकहरुले खरिद विक्री गर्न पाएका छैनन् । बजार पसल नखुलेपछि टाढाबाट छोटो समयको लागि किनमेल गर्न बजार आएकाहरु समस्यामा परेका छन् । सङ्खुवासभामा यातायात सञ्चालन नभएपछि यात्रुहरु गन्तब्यमा पुग्न पाएका छैनन् । छोटो दुरीका ट्याक्सीहरु फाट्टफुट्ट चलेपनि लामो दुरीका कुनै पनि सवारी साधन सञ्चालन हुन नसक्दा यात्रुहरु समस्यामा परेका छन् ।

सङ्खुवासभाबाट काठ्माण्डौ दिवा तथा रात्रि बस सञ्चालनमा छ । त्यस्तै, खाँदबारीबाट साना चार पाङ्ग्रे सवारी साधनहरुबाट हिले, धनकुटा, धरान र ईटहरीसम्म यात्रुहरुलाई लगिदै आएको छ ।

सम्बन्धित समाचार