भोजपुर, १३ चैत । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ भोजपुरको अध्यक्षमा राजन राई चयन हुनुभएको छ । भोजपुर सदरमुकाममा गएराती सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट राईलाई सर्वसम्मत अध्यक्षमा चयन गरिएको हो ।
उपाध्यक्षमा शारदा तामाङ, सचिव प्रदिपचन्द्र राई, सह– सचिव जमुना राई र कोषाध्यक्ष गोकुल भुजेल सहित ९ सदस्ययीय जिल्ला कार्यसमिति समेत चयन गरेको छ । त्यसैगरी अधिवेसनले प्रदेश र केन्द्रिय प्रतिनिधि समेत चयन गरेको छ । केन्द्रिय प्रतिनिधिहरुमा सरिता राई, किरण राई, वुद्ध तामाङ, अवतारमान राई, र सन्देश राईलाई छनौट गरेको जनाएको छ । त्यस्तै प्रदेश प्रतिनिधिमा एक्सन राई, केशर राई र विकेक राई रहनुभएको हो ।
महासंघको केन्द्रीय महाधिवेशन यही चैत २३ र २४ गते काठमाडौंँमा हुँदैछ ।
प्रतिक्रिया