‘एसईई ट्यालेन्ट शो’को पहिलो चरण सकियो, दोश्रो चरणमा ७३ जना प्रवेश



निर्णायक कलाकारहरुको साथमा केही प्रतिस्पर्धीहरु

सुरशाला म्युजिक एण्ड डान्स एकेडेमी संखुवासभाले आयोजना गरेको एसईई ट्यालेन्ट सोको दोश्रो चरणमा ७३ जना प्रतिष्पर्धीहरु प्रवेश गरेका छन् । एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरि आयोजना गरिएको एक नम्बर प्रदेश स्तरिय प्रतियोगितामा दुई डेढ सय प्रतिस्पर्धीहरुलाई पछि पार्दै दोश्रो चरणमा प्रवेश गरेका हुन् ।

दोश्रो चरणको प्रतिस्पर्धा मंगलबार दिउँसो तुम्लिङटारको मकालु रिसोर्टमा हुने आयोजकले जनाएको छ । सो चरणको प्रतिस्पर्धाबाट ४० जना छानिनेछन् । छानिएका मध्येबाट १२ जना छानि उत्कृष्ठ १२ लाई फाईनलमा प्रतिष्पर्धा गराईने सुरशालाका प्रबन्धक कुमार अनुरागीले जानकारी दिनुभयो ।

फाईनल प्रतियोगिता बैशाख २९ गते राष्ट्रिय कलाकारको उपस्थितीमा सम्पन्न हुने अनुरागीले जानकारी दिनुभयो । विजेताले ट्रफी र नगद पुरस्कार पाउनेछन् ।

सम्बन्धित समाचार