संखुवासभा, बैशाख २५ गते । खाँदबारीमा विद्यालय स्तरिय राष्ट्रिपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजबाट सुरु भएको छ । सङ्खुवासभा भित्रका २८ विद्यालयको सहभागितामा आजबाट खाँदबारी रंगशालामा प्रतियोगिता सुरु गरिएको हो ।
युवा तथा खेलकुद मन्त्रालयको बार्षिक कार्यक्रम अन्तर्गत राष्ट्रिय खेलकुद परिषदको संयोजन र जिल्ला खेलकुद विकास समितिको आयोजनामा खेल सुरु भएको हो । यस पटक १८ विधामा विद्यार्थीहरुले प्रतिष्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताको पहिलो दिन तीन चार वटा विधाका खेलहरु सम्पन्न भएको आयोजकले जनाएको छ । आज सम्पन्न भएको तीन हजार मिटरको छात्रा तर्फको दौडमा जालपा मावि चेवाका सुनकला राईले स्वर्ण पदक जितेका छन् । त्यस्त, मंगलादेवी मावि तिनपोखरीका सरिता राईले रजत र कालिका मावि सेकाहाका पेम्बा लमु शेर्पाले कास्य पदक जितेका छन् ।
आजै भएको लङ्जम्प छात्र तर्फ आदर्श माद्यमिक विद्यामन्दिर पाठक गाउँका सागर श्रेष्ठले स्वर्ण पदक हात पारेका छन् भने महेन्द्र मावि मानेभञ्ज्याङ्का किरण तामाङले रजत पदक पाएका छन् । सोही खेलमा जालपा मावि चेवाका किशोर खड्काले काश्य पदक जितेका छन् । लङ्जम्पकै छात्रा तर्फ कालिका मावि सेकाहा सुनिता गुरुङ स्वर्ण पदक जितेका छन् । मनकामना रत्न अम्बिका मावि तुम्लिङटार मिरा हलिदे रजत पदक जितेका छन् भने हिमालय मावि खाँदबारीका कौशिला श्रेष्ठ कास्य पदक हात पारेका छन् ।
सटफुट छात्र तर्फ मनकामना मावि तुम्लिङका भुपेन्द्र कुमाल स्वर्णले स्वर्ण पदक जितेका छन् । त्यस्तै, सुर्य आवासिय मावि खाँदबारीका देउमान गुरुङले रजत पदक र जालपा मावि चेवाका अर्जूृन राईले कास्य पदक जितेका छन् । सोही खेलको छात्रा तर्फ हिमालय मावि खाँदबारीका डोल्मा भोटेले स्वर्ण जितेका छन् । आदर्श मावि पिप्लेका प्रकृति कुलुङले रजत र कालिका मावि शेकाहाका सुनिता गुरुङले कास्य जितेका छन् ।
हाईजम्पको छात्रा तर्फ मनकामना रत्न अम्बिका तुम्लिङटारका सरिता कुमाल स्वर्ण पदक जितेका छन् । त्यस्तै, सारदा मावि पोखरीका सरिता पोर्तेलले रजत र कालिका मावि सेकाहाका समिता गुरुङले कास्य पदक जितेका छन् ।
प्रतिक्रिया