२५ वैशाख, काठमाडौं । नागरिक समाजका अगुवाहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नागरिक अभिनन्दन नगर्न अपील गरिएको छ । मोदी २८ गते नेपाल आउँदैछन् र उनलाई जनकपुरका साथै काठमाडौंमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ ।
तर, बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, डा।सुरेन्द्र भण्डारी, प्रा।डा।सुरेन्द्र केसी, डा। अरुणा उप्रेती लगायत २४ जना नागरिक अगुवाहरुले संयुक्त वक्तव्य जारी गर्दै मोदीको नागरिक अभिनन्दन नगर्न काठमाडौं महानगरपालिका र जनकपुर उपमहानगरपालिकालाई आग्रह गरेका छन् ।
नेपालमा संविधान जारी भए लगत्तै भारत सरकारले १३५ दिनसम्म नाकाबन्दी गरेर मानवीय संकट सृजना गरेको भुल्न नसकिने भन्दै उनीहरुले मोदीलाई नागरिक अभिनन्दन गर्न नहुने तर्क गरेका छन् ।
नाकाबन्दीबाट नेपालमा भएको मानवीय संकट र व्यापार घाटाको छानविन गर्न भारत तयार हुनुपर्ने, नाकाबन्दीका कारण नेपालले भोग्नु परेको आर्थिक, मानवीय एवं सामाजिक क्षतिको लेखाजोखाका लागि नेपाल(भारतबीच दुईपक्षीय मेलमिलाप समिति गठन गरी क्षतिपूर्ति नेपाललाई दिनुपर्ने उनीहरुको माग छ ।
‘यो निश्चितताविना मोदीजीलाई गरिने अभिनन्दनलाई नागरिक अभिनन्दन नभनियोस् भन्ने आग्रहसहित जनकपुर उप(महानगरपालिका तथा काठमाडौं महानगरपालिकाको ध्यान आकर्षण गराउन चाहन्छौँ’ वक्तब्यमा भनिएको छ ।
अनलाइनखबर
प्रतिक्रिया