७४ वर्षे वृद्ध जसले एक्लै २ वर्षसम्म निरन्तर बाटो खनिरहे (भिडियो सहित)



काठमाडौँ । चन्द्रवीर वलीको घर जङ्गलको माझैमा पर्छ । ११ जनाको परिवारमा ९ जनाले आखाँ देख्दैनन् । गाउँ शहर र उकाली ओराली गर्न भीरका बुट्यानहरु समाउँदै हिँड्नु पर्ने।

७२ वर्षको उमेरमा चन्द्रवीरले एउटा अनौठो सपना देखे । सँधै दुःख दिने भीरहरू भत्काउँदै आँगनसम्म पुग्ने एउटा बाटो खन्ने । बिहान जुरुक्कै उठ्यो , भात भान्सा तयार गर्यो , परिवारलाई खुवायो , सरसफाइ गर्यो अनि हिँड्यो बाटो खन्न ।

पुष माघको मुटु कपाउने जाडो काट्यो उनले बाटो खनिहरे। बैशाख जेठ मध्य घाममा पसिना पुछीहरे र बाटो खनिरहे।

असार साउनको झरीमा रुझीहरे र बाटो खनिरहे। आँखा नदेख्ने परिवारलाई हिँडडुल गर्न सजिलो होस् भनेर जङ्गल र भीर छिचोल्दै २ वर्ष लगाएर चन्द्रबीर एक्लै बाटो खनिरहे ।

सम्बन्धित समाचार