तमु ल्होसार पर्व विदा खारेजीको बिरोधमा संखुवासभामा विरोध




सङ्खुवासभा, असार १ गते । तमू(गुरुङ)हरुको साझा संस्था तमू ह्युल छोजधी गुरुङ राष्टिय परिषद जिल्ला कार्या समिति संखुवासभाले तमूहरुको पर्व तमू ल्होसार विदा खारेजी गरेको भन्र्दै विरोध गरेको छ । शुक्रबार तमू ह्युल छोजधी गुरुङ राष्टिय परिषदले संखुवासभाको सदमुमकाम खाँदबारीमा विरोधसभाको आयोजना गरेको हो ।

विरोध सभा कार्यक्रम खाँदबारी स्थीत नयाँबजारमा भेलाभई प्ले कार्ड सहितको शान्तिपूर्ण ¥यालीले नयाँबजार, देवकोटा चौक, पोखरीबजार हुर्दै प्रहरी गेट सम्म पुगेर पौखरी चौकमा विरोधसभा कार्यक्रमको आयोजना गरिएको थियो । गत चैत्र १४ गते मन्त्री परिषद बैठकले राष्ट्रिय पर्वको रुपमा दिइएको सार्वजनिक विदा तमू ल्होसार लगायतका अन्य विदाहरु समेत खारेजी गरेको भन्र्दै उक्त निर्णय तत्काल फिर्ता लिन आग्रह गरेको छ । सो कार्यक्रममा ४ नम्बर प्रदेशलाई तमूवान मगरात क्षेत्र घोषणा गर्न समेत माग गरेको छ ।

विरोधसभा कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वस्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले वर्तमान सरकारले राष्ट्रिय पर्वको रुपमा दिइएको तमू ल्होसार लगायतका विदाहरु खारेजी गरेर यहाँका आदिबासी जनजाति, अनेकन भाषाभाषीको भावनामा माथी चोट पुराएको आरोप लगाएका छन् । २०४६ साल पछि पटकपटक काँग्रेसको सरकार बनेको र काँग्रेस सरकारले सबै भाषभाषी जातजातिहरुको सम्मान गर्दै राष्टिय पर्वको रुपमा दिइएको विदा खारेजी गरेर वर्तमान कम्प्यूनिष्ट सरकार अधिनायकबाद तर्फ अघि बढेको आरोप लगाए । वर्तमान सरकारले बहुभाषी बहुजाती र बहुधार्मिक मुलुकमा सबैको सम्मान गर्न नसकेको बताउदै यो दोश्रो चरणका आन्दोलन सुनुवाई नभए विरोधको कार्यक्रम बनाएर अघि बढ्ने चेतावनी दिएका छन् ।

तमू ह्युल छोजधी गुरुङ राष्टिय परिषद केन्द्रिय समितिका कानुनी सल्लाहकार अधिबक्ता भविश्वर गुरुङले वर्तमान सरकारले खारेजी गरेको निर्णय तत्काल फिर्ता लिन आग्रह गरे । धर्मनिरपेक्ष मुलुक नेपाल र संविधानसमेत सबै जातीको समान हैसियत रहने उल्लेख भएकाले आदिबासी जनजातिको सम्मान गर्न र तमू ल्होसार लगायतका खारेजी गरिएको निर्णय तुरुन्त फिर्ता पर्ने र नभए आन्दोलन सशक्त बनेर जाने बताए ।
त्यसैगरि कार्यक्रम तमू ह्युलका सल्लाहकार तथा पूर्व जिविस सभापति चन्द्रघोण्डे गुरुङले सरकारले हुर्दै नहुने काम गरेको आरोप लगाए । राष्टिय पर्वको रुपमा मनाई रहेको तमू ल्होसार खारेजी गरेर आम आदिबासी जनजातिलाई हेपेको आरोप लगाए ।

त्यसैगरि कार्यक्रमका मगर संघका जिल्ला अध्यक्ष कुमार पोख्रेल मगरले आमआदिबासी जनजातिलाइए वर्तमान सरकारले बहुमतको नाममा जे सुकै निर्णय गरेर आफ्नो चरित्र उदाङगो पारेको आरोप लगाए । जनजातिहरुलाई दिइएको विभिन्न बिदाको निर्णय फिर्ता लिन र ४ नम्बर प्रदेशलाई तमस्वान मगरात क्षेत्र घोषणा गर्न माग गरे ।

कार्यक्रम ह्युलका जिल्ला सचिव नवीन गुरुङले संचालन गरेका थिए भने मित्रकुमार गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमका जिल्लाभरका तमूहरुको बाक्लो उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार