संखुवासभा, असार २ गते । शुक्रबार राती करिव ८ बजे मकालु गाउँपालिका स्थीत फ्याक्सीन्दा दोभान (ड्याम साईड)मा सुरुङ भत्किदा सुरुङ भित्रै ४ जना पुरिएको छ । राती सुरुङ भित्र काम गर्ने क्रममा दुई नेपाली र दुई भारतिय कामदार पुरिएको हो ।
सुरुङ भित्र पुरिनेहरुमा कालिकोट जिल्ला सिउना गाउँपालिका ४ का ३२ बर्षिय प्रदिप शाहि, जुम्ला जिल्ला चन्द्रनाथ नगरपालिका १ का ४४ बर्षिय प्रेम परियार रहेका छन् । त्यस्तै, भारतको झारखण्डका मेसिन अपरेटर सुधन मुण्डा र भारतकै बिहार प्रान्तका ईलेक्ट्रीकल मेकानिक नन्द किशोर पनि सुरुङ भित्र पुरिएको प्रहरीले जनाएको छ ।
उनीहरुको उद्धारको लागि प्रहरी र सेना खटाईएको जिल्ला प्रसासन कार्यालयले जनाएको छ । घटना लगत्तै उद्धारको काममा खटिएपनि अहिलेसम्म थुनिएकाहरुलाई निकाल्न नसकिएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जनाएको छ । उनीहरुको जिवीत उद्धार हुने सम्भावना न्युन भएको समेत प्रजिअ अधिकारीले बताउनुभयो ।
प्रतिक्रिया