जिल्ला युवा समिति सङ्खुवासभाद्वारा चार जना सम्मानित




सङ्खुवासभा, असार २१ गते । जिल्ला युवा समिति सङ्खुवासभाले सुखी नेपाली, समृद्द नेपाल शिर्षकमा बतृत्वकला प्रतियोगिता आयोजना गरेको छ । जिल्ला समन्वय समितिको सभाहलमा आयोजित सो प्रतियोगितामा खाँदबारी ८ का सम्झना घिमिरेले प्रथम स्थान हासिल गरेका छन् ।

प्रतियोगितामा चैनपुरका संकर खत्री दोश्रो भएका छन् भने खाँदबारी ८ का आयुश कटुवाल तेश्रो भएका छन् । त्यस्तै, खाँदबारी ३ का सविना पोखरेलले सान्त्वना स्थान हात पारेका छन् । प्रथम हुन प्रतियोगि विराटनगरमा यहि २३ गते हुने प्रदेश नं १ स्तरीय प्रतियोगितामा सहभागि हुन पाउने जिल्ला युवा समिति संखुवासभाका अध्यक्ष हरि लिम्बुले बताउनुभयो । प्रतियोगिताका विजेताहरुले क्रमश जनहि नगद ७ हजार, ५ हजार, ३ हजार र दुई हजार सहित पुरस्कार प्राप्त गरेको छन् ।

यसै विच, सोही कार्यक्रममा जिल्लामा विभिन्न क्षेत्रमा क्रियासिल संस्था र व्यतिहरुलाई सम्मान गरेको छ । कार्यक्रममा एक सस्था र तीन व्यक्तिलाई सम्मान गरेको हो । सम्मानित हुनेमा संघ सस्था तर्फ जिल्लामा बालबालिकाको हक अधिकार र संरक्षणको क्षेत्रमा क्रियासिल सस्था मकालु त्रिशक्ति समुह (माट्स) नेपाललाई सम्मान गरेको हो । त्यस्तै गीत संगीतको माध्ययमबाट जिल्लालाई परिचित गराई महत्वपुर्ण योगदान गरेको भन्दै गायक उमंग लामालाई सम्मन गरिएको हो ।

हस्तकलाको क्षेत्रमा उद्यामी बनेर पहिचान बनाउन सफल नविन कार्की र खेलकुद मार्फत जिल्लालाई चिनाउदै अन्तरााष्टिय स्तरको खेल समेत खेलिसकेका अस्मिता गुरुङलाई पनि सम्मान गरेको छ । सम्मानित हुने गुरुङ गत वर्ष वंगलादेशमा भएको साफ च्यम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै १५ वर्ष मुनिको महिला फुटबल प्रतियोगितामा राष्ट्रिय टिमबाट खेल खेलेका थिए । उनिहरुलाई प्रशसा पत्र र नगदले सम्मान गरिएको छ ।

सम्बन्धित समाचार