सङ्खुवासभा, असार ३० गते । सरकारले यातायात ब्यावसायी संघ खारेज गरेसँगै सङ्खुवासभा यातायात ब्यावसायी संघको नाममा रहेको जग्गा नगरपालिकालाई हस्तान्तरण गरिएको छ । खाँदबारी नगरक्षेत्र भित्र रहेको तीन हजार चार सय नौ बर्ग मिटर जग्गा बिहिबार खाँदबारी नगरपालिकाको नाममा पास गरिएको हो ।
नगरपालिकाको नाममा जग्गा पास गरिएपछि सम्पुर्ण कागजात नगरपालिकाका मेयर पुरारी प्रसाद खतिवडालाई हस्तान्तरण गरिएको छ । बिहिबार दिउँसो एक कार्यक्रमका विच सङ्खुवासभा यातायात ब्यावसायी संघका पुर्व अध्यक्ष हरिश्वर थापामगरले मेयर खतिवडालाई हस्तान्तरण गर्नुभएको हो । संघले खाँदबारी ३ मानेभञ्ज्याङमा रहेको दुई हजार ७ सय ५ बर्गमिटर हेलुवाबेंशीमा रहेको ७ सय चार बर्गमिटर क्षेत्रफलको जग्गा नगरपालिकालाई हस्तान्तरण रहेको हो ।
सङ्खुवासभा यातायात ब्यावसायी संघबाट प्राप्त भएको जग्गामा तत्काल बसपार्क निर्माणको प्रकृया अघि बढाईने मेयर खतिवडाले जानकारी दिनुभयो । यसरी सवै क्षेत्रको सहयोग मिले नगरक्षेत्रलाई तिब्र गतिमा विकास गर्न सकिने खतिवडाको भनाई छ ।
प्रतिक्रिया