प्रहरी दमनको विरोधमा सङ्खुवासभा प्रसासन कार्यालय घेराउ



सङ्खुवासभा, साउन ६ गते । सनिबार काठ्माण्डौमा आयोजित र्यालीमा पहरीले दमन गरेको भन्दै नेपाल तरुणदल सङ्खुवासभाले उक्त घटनाको विरोध स्वरुप जिल्ला प्रसासन कार्यालय घेराउ गरेको छ । आज दिउँसो जिल्ला प्रसासन कार्यालय परिषर नजिकै कार्यक्रम आयोजना गरि प्रहरी दमन रोक्नको लागि प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई अनुरोध गरेका हुन् ।

नेपाल तरुणदल संखुवासभाको आयोजनामा सम्पन्न भएको कार्यक्रमलाई नेपाल विद्यार्थी संघका कार्यबाहक अध्यक्ष ओमबहादुर श्रेष्ठ, कांग्रेस नेताहरु सल्लेन नेपाली, अनन्त गौली, नेपाली कांग्रेस सभापति दीपन कुमार श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए । कार्यक्रमका बक्ताहरुले अहिले दुई तिहाईको दम्भ देखाएर अधिनायकबाद लाद्न खोजेको आरोप लगाएका छन् । अहिलेको सरकारले बहुमतको आधारमा जनतालाई सेवा दिनुको सट्टा उच्च महँगी र मुल्यबृद्धि गरेर जनताको ढाँड सेक्ने काम गरेको र यस्ता कदम तत्काल बन्द गर्नु पर्ने सुझाव दिएका छन् ।

कार्यक्रममा बाल्दै नेपाली कांग्रेस सङ्खुवासभाका सभापति दिपन कुमार श्रेष्ठले ओली सरकारको दम्भ लामो समय नटिक्ने बताउनुभएको छ । एक सय ४० बर्षे जहाँनीय राणा सासन फाल्न सक्ने तागत अझै नेपाली कांग्रेससँग रहेको स्मरण गराउनुहुँदै अहिलेको सरकारले अत्यचार गरे हेरेर नबस्ने चेतावनी समेत सभापती श्रेष्ठले दिनुभयो । कार्यक्रममा बोल्नुहुँदै स्वास्थ्य क्षेत्रको सुधारको लागि सत्याग्रहमा रहेका डा. केशीको माग तुरुन्त सुनुवाई गर्न समेत बक्ताहरुले सुझाव दिएका थिए । सनिबार काठ्माण्डौमा भएको झडपमा तरुणदलका नेता तथा कार्यकर्ताहरु घाईते भएका थिए ।

सङ्खुवासभाको तरुणदलको कार्यक्रमलाई लक्षित गरि प्रसासन कार्यालय परिषरमा जनपथ र सशस्त्र प्रहरी उल्लेख्य संख्यामा परिचालन गरिएको थियो ।

सम्बन्धित समाचार