सङ्खुवासभा, साउन १३ गते । चिनिया राजदुतावासबाट सङ्खुवासभा लगायत नेपालका पाँच जिल्लाका पाँच स्थानीय तहहरुलाई एम्बुलेन्स प्रदान गरिएको छ । सनिबार काठ्माण्डौमा एक कार्यक्रम आयोजना गरि स्थानीय तह प्रमुखहरुलाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।
प्रमुख अतिथी समेत रहनुभएको उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले उक्त एम्बुलेन्स हस्तान्तरण गर्नुभएको थियो । नेपाल चिन हिमालयन फ्रेण्डसिप सोसाईटीको पहलमा प्रदान गरिएको उक्त एम्बुलेन्स चिनसँग सिमाना जोडिएको जिल्लाहरु संखुवासभा, सिन्धुपाल्चोक, दोलखा, काभ्रे र लमजुङलाई प्रदान गरिएको हो । उक्त जिल्लाहरुलाई प्राप्त भएको एम्बुलेन्स सिन्धुपाल्चोकको जुगल गाउँपालिका, दोलखाको भिमेश्वर नगरपालिका, काभ्रेको मण्डन देउपुर नगरपालिका, लमजुङको मध्यविन्द नगरपालिका र सङ्खुवासभाको खाँदबारी नगरपालिकालाई प्रदान गरिएको हो ।
राजदुतावासबाट प्राप्त भएको एम्बुलेन्सको लागि स्टिकर र ईन्स्योरेन्स बाहेक सम्पुर्ण लागत निशुल्क रहेको सङ्खुवासभा स्थीत खाँदबारी नगरपालिकाका प्रमुख मुरारी प्रसाद खतिवडाले जानकारी दिनुभयो । एम्बुलेन्सलाई कार्यविधी बनाएर प्रयोगमा ल्याईने समेत खतिवडाले जानकारी दिनुभयो ।
प्रतिक्रिया