सभापोखरीको दर्शन गर्न गएका तिर्थयात्रीको मृत्यु



संखुवासभा, भदौ ३ गते । चर्चित धार्मिक तथा पर्यटकिय स्थल सभापोखरीको दर्शन गर्न भएको एक जना तिर्थयात्रीको मृत्यू भएको छ । पोखरीमा पुजा गरेर फर्किएका पाँचखपन नगरपालिका ८ चुङखुरुङ आहालेका हर्क बहादुर न्यौपानेको शनिबार बाटोमा मृत्यु भएको हो ।

न्यौपाने सहित ८ जना साउन २८ गते सभापोखरी गएका थिए । नागपञ्चमीका दिन सभापोखरीमा पुगेर पुजाआजा गरी फर्किएका उनीहरु मध्ये न्यौपाने चारराते भन्ने स्थानमा आइपुगेर बिरामी परेका थिए । सिकिस्त बिरामी परेका न्यौपानेलाई घर ल्याउन नसकेपछी गोठमा राखिएको जनकले बताए । शनिबार बिहान उद्धारका लागि १२ जना गएका थिए । लिएर फर्किने क्रममा तेर्से भन्ने स्थानमा उनको मृत्यु भएको हो ।

गत शुक्रबार पनि सभापोखरीमा ३ जना बिरामी परेपछी हेलिकप्टर मार्फत उद्धार गरिएको थियो । ४ हजार २ सय ४० मिटरको उचाईमा रहेको सभापोखरीमा नागपञ्चमी देखि जनैपूर्णिमासम्म भक्तजनको भिड लाग्ने गरेको छ ।

सम्बन्धित समाचार