दिंला, आश्विन २६ गते । भोजपुरको षडानन्द नगरपालिका वडा नम्वर –१ ताँवुमा ५० लाख वरावरको रुद्राक्ष लुटपाट भएको छ । आज विहाने १५–१६ जनाको समुहमा आएको अज्ञात समुहले रुदाक्ष सुरक्षाका लागि वसेका ४ जनालाई नियन्त्रणमा लिएररुद्राक्ष लुटेको हो ।
रुद्राक्षको १ वोट रुद्राक्ष व्यावसायी अगम राईले हिमाल तामाङ्ग सँग ३५ लाखमा ठेक्का लिएका थिए । विहान ४ वजेतिर एक समुह वन्दुक र हतियार सहित आएर रुद्राक्ष सुरक्षका लागि रुखमुनि टहरोमा वसेका भुपाल राई, प्रेम वहादुर राई, कुवेर राई र ओमकार राईलाई नियन्त्रणमा लिएर घोप्टो पर्न लगाई रुखमा चढेर हाँगा काटी लुटपाट गरेर उकालो तर्फ लगेको रुद्राक्ष सुरक्षाका लागि वसेका भुपाल राईले वताए । लुटेरा समुहले सुरक्षाको लागि वसेका ४ जनालाई कुटपिट गरेको पनि वताएका छन् । ‘हामि सवैलाई नियन्त्रणमा लिएर घोप्टो पर्न लगाए, टाउको हल्लाउने वित्तिकै वन्दुकको कुञ्जोले हिर्काए’ पिडित प्रेम वहादुरले वताए ।
अंदाजी २ वोरा काँचो पाँच तारे ९ हुसेन साङ्गवो ० जातको रुद्राक्ष रु। ५० लाख वरावरको लुटिएको रुद्राक्ष ठेकेदार अगम राईले दावि गरे । ईलाका प्रहरी कार्यालयवाट प्रहरी टोली घटना स्थलमा पुगेर अनुसन्धान र खोजी भईरहेको प्रहरी निरिक्षक सञ्जीव ओलीले वताए ।
प्रतिक्रिया