सुधारिएको चुलो बनाउन प्राविधिक तालिम सम्पन्न



महाकुलुङ, असोज २८ गते । गाउँलाई धुवाँमुक्त क्षेत्र बनाउने उद्देश्यका साथ सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको साबिक बुङ गाविसमा सुधारिएको चुलो निर्माण गर्ने प्राविधिक तालिम सम्पन्न भएको छ । पहाडी विकास तथा संरक्षण समूह नेपाल महाकुलुङ बुङको आयोजना तथा जि फाउन्डेसनको आर्थिक सहयोगमा तालिम प्रदान गरिएको हो ।

दम खोकीको औषधि मुलो, घरघरमा सुधारिएको चुलो भन्ने नाराको साथ एक हप्ता अवधीको तालिम सनिबार सम्पन्न भएको हो । २४ जनाको सहभागिता रहेको उक्त तालिममा महिलाहरूको सहभागी बढी रहेको थियो । घरको भान्सामा महिलाहरू बढी खट्नुपर्ने भएकोले महिलाहरू नै बढी सहभागी भएको सहभागीहरूले बताएका छन ।

सुधारिएको चुलोमा धुवाँ कम निस्किने, दाउरा कम लाग्ने, खाना छिटो पाक्ने जस्ता फाइदा भएकोले घरको परम्परागत चुलोमा भन्दा बढी स्वस्थ्यको लागि पनि फाइदा हुने भएकोले पनि सुधारिएको चुलो बनाउनु पर्ने हुन्छ । सहभागीहरुले आफ्नो गाउँमा सबैको घरमा सुधारिएको आगामी फागुन मसान्तसम्ममा निर्माण गरिसक्नुपर्ने छन । पहिलो चरणमा साबिक बुङको वडा नं ५, ६, ७, ८ र वडा नं १ को पात्ले गरि जम्मा ३४२ घरधुरीमा यो वर्ष सुधारिएको चुलो निर्माण गरिने पहाडी विकास तथा संरक्षण समूह नेपाल बुङका कार्य बाहक वाहक अध्यक्ष तथा जि फाउन्डेसनसंगको कार्यक्रम संयोजक पर्खी राईले बताएका छन । यो वर्ष सुधारिएको चुलो निर्माण लक्ष्य लिएकोमा जि फाउन्डेसनको २१ लाख ६ हजार ४ सय ३० रुपैयाँ र स्थानीय श्रमदान रु २९ लाख १२ हजार २ सय ६० लाग्ने पनि राईले बताएका छन ।

प्राविधिक तालिम ग्रामिण प्रविधि केन्द्र नेपालका सानुबाबु पण्डितले प्रशिक्षण दिनुभएको थियो ।

सम्बन्धित समाचार