अहिले सोसल मिडियामा विश्वको सबैभन्दा ठूलो गाईको तस्वीरले चर्चा पाइरहेको छ । अष्ट्रेलियामा रहेको निर्कस जातको यो गाई १४ सय किलो वजनको छ । निकर्स जातको गाईपछि अब विश्वको सबैभन्दा ठूलो कुखुराले तहल्का मच्चाउनेवाला छ । यो कुखुराको नाम मरकली हो । युरोपेली मुलुक कोसोभोस्थित एक पोल्ट्री फर्ममा यो कुखुरा रहेको छ ।
३ फिट लामो यो कुखुराको वजन ७ किलो ७ सय ग्राम रहेको छ । यो विश्वकै ठूलो कुखुरा मानिएको छ । मरकली कुखुरा ब्रम्हा नश्लको कुखुरा हो । चिनियाँ जातको कुखुरा र अमेरिकी जातको कुखुराबीचको हाइब्रिडबाट यो ब्रम्हा नश्लको कुखुराको विकास भएको हो ।
आमरुपमा यो नश्लको कुखुराको तौल साढे ५ किलो हुन्छ । तर मरकलीको तौल झण्डै ८ किलो रहेको छ ।
सोसल मिडियामा जब पहिलोपटक मरकलीको भिडियो सार्वजनिक भयो, तब मानिसहरुले यो फेक भिडियो भन्ठाने । तर जब यो नश्लको बारेमा समाचार आयो तब सबै पत्याउन बाध्य भए ।
एजेन्सी
प्रतिक्रिया