उदयपुरकी रमिलालाई मिस स्टेट २०१८ को ताज



धरान । पुर्वाञ्चल बागिना कला केन्द्रले आयोजना गरेको मिस स्टेट २०१८ र पूर्वाञ्चल सिंगिङ स्टारको छैटौँ संस्करण सम्पन्न भएको छ । धरानको सभागृहमा धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख तथा उपमेयर मन्जु भण्डारी सुवेदिको प्रमुख आथित्यमा सम्पन्न भएको संयुक्त कार्यक्रमका अन्तिम प्रतिस्पर्धाको सिंगिङ तर्फ सुनसरीका पदम मगर विजेता बने । मिस स्टेट २०१८ को ताज उदयपुरकी रमिला बस्नेतले पहिरिएकी छिन् ।

बस्नेलले मिस एसएमएस टाइटल अवार्डसमेत जितिन् । मिस स्टेटका फस्ट रनर अपको ताज विराटनगरकी प्रज्ञा गिरीले पहिरिन भने ताप्लेजुङकी निशा गुरुङ सेकेण्ड रनरअप भइन् । मिस चार्र्मिङ र पर्सानालिटीको अवार्ड सेकेण्ड रनरअप निशाले नै हात पारिन् । टाइटल अवार्डमा प्रदेश १ की १३ सुन्दरी मध्ये सुनसरीकी कन्टेन्सटेन्ट नं १० प्रदिपा राई बेस्ट ट्यालन्ट र बेस्ट फिगर चुनिन् । मिस डिसिप्लिन तेह्रथुमकी नमिता लिम्बु र मिस एक्टिभ विराटनगरकी प्रज्ञा नै भइन ।

भोजपुरकी अस्मिता राई मिस पङच्युएल, धनकुटाकी श्रीषा याम्फुराई मिस पब्लिक च्याइस, धनकुटाकी केन्जल याख्खा बेस्ट स्माइल,सुनसरीकी रेश्मा राई बेस्ट हेयर, सुनसरी कै सुनिता शर्मा मिस क्याटवक र धनकुटाकी रेन्सा लिम्बु मिस फोटोजेनिक बनिन् । चौडण्डी नगरपालिका बेल्टारकी मिस स्टेट बिजेताले क्राउनसँगै सुजुकी स्कुर प्राप्त गरिन् । क्रमश फस्ट र सेकेण्ड रनरअपले जनही ।५० हजार र ।२५ हजार नगद पाए । मिस स्टेटका निर्णायकहरु सञ्चारकर्मी तथा कोरियोग्राफर कला सुब्बा, सञ्चारकर्मी तथा मोडल सरुपा थापामगर,नव–नायिका कामना भुजेल र मोनिता मेन्याङबो रहेका थिए । कोरियोग्राफ सञ्चारकर्मी तथा मोडल मेरिना तुम्सा लिम्बुले गरेकी हुन् ।

त्यसैगरि बुढासुब्बा फुटसल सिंगिङ स्टारमा भोजपुरका नारायण राई दोश्रो भए । ओखलढुंगाका सुदम सुनुवार तेस्रो बन्न सफल भए । सिंगिङ स्टारका विजेता पदम मगरले ५० हजार नगद, २ वटा गीत रेकड गर्ने अवसर, १ वर्ष संगीत कोर्ष निःशुल्क, एउटा म्युजिक भिडियो बनाउने अवसर र ट्रफि प्राप्त गरेका छन् । त्यस्तै दोश्रो हुनेले २५ हजार नगद, एउटा गीत रेकर्ड, ६ महिना संगीत कोर्ष निः शुल्क, एक थान गिटार प्राप्त गरेका छन् ।

तेस्रो हुनेले रु २५ हजार नगद एउटा गीत रेकर्ड र एक थान गिटार पुरस्कार वितरण गरेको पुवार्ञ्चल बागिना कला केन्द्रका अध्यक्ष तथा कार्यक्रम संयोजक भक्तिराज रार्इले बताए । गायन तर्फ भने कलाकार द्वय बिसाल रार्इ र लिलानाथ पौड्यालले निणार्यकको भुमिका निवार्ह गरेका थिए ।

सम्बन्धित समाचार