‘चाक्चाकुर’मा स्थानीय विदाको माग



ताम्कु, पुष १४ गते । सम्पुर्ण कुलुङ शिक्षकहरुको साझा संगठन कुलुङ शिक्षक संघ सिलिचोङ गाउँपालिकाले कुलुङ समुदायको महान पर्व मिनारी दाचाम (चाक्चाकुर)को अवसरमा गाउँपालिकामा स्थानीय बिदाको माग गरेको छ । पुष १५ र १६ दुई दिन मनाईने पर्वको अवसरमा गाउँपालिका भित्रका स्थानीय विदा दिन माग गर्दै गाउँपालिका प्रमुखलाई माग पत्र बुझाएको हो ।

गाउँपालिका भित्र कुलुङ समुदायको बाहुल्य भएको र कुलुङ समदायले उक्त चार्ड भब्यताका साथ मनाउने भएकोले स्थानीय विदाको माग गरिएको कुलुङ शिक्षक संघले जनाएको छ । नेपालको संविधान २०७५ ले गरेको ब्यवस्था अनुसार कानुनी प्रावधानमा रहेर स्थानीय विदाको माग गरिएको गाउँपालिकालाई प्रदान गरिएको पत्रमा उल्लेख गरिएको छ ।

माग पत्र बुझ्नुहुँदै गाउँपालिका प्रमुख रामबहादुर कुलुङले कुलुङ शिक्षकहरुको माग प्रति आफु सकारात्मक रहेको बताउनुभयो । मागको बारेमा कार्यपालिकामा छलफल गरि उचित निर्णय गर्ने प्रमुख कुलुङले आश्वासन दिनुभयो ।

सम्बन्धित समाचार