दीपनकुमार श्रेष्ठको अर्को गीत सार्वजनिक हुँदै




खाँदबारी । गीतकार दीपनकुमार श्रेष्ठको ‘आँखाबाट मन हुँदै’ बोलको अर्को गीत सार्वजनिक हुने भएको छ । बसन्तपञ्चमी अर्थात सरस्वती पुजाका दिन जन्मिएका श्रेष्ठले आफ्नो जन्मदिनको अवसर पारेर आईतबार उक्त गीत सार्वजनिक गर्न लागेको हो

उक्त गीतको शब्द भिडियो मेरो अनलाईन टिभिबाट सार्वजनिक गर्न लागिएको हो । गीतमा सुप्रसिद्ध गायक राजेश पायल राईको स्वर रहेको छ भने दार्जिलिङका बरिष्ठ संगीतकार गोपाल सरगरम राईको संगीत रहेको छ । अनामनगर स्थीत सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको सो गीतलाई कुमार थापाले एरेञ्ज र मुस्कान मुकारुङले रेकर्ड र मिक्सीङ गरेका हुन् ।

गीतको सार्वजनिकिकरणमा एपी वानका समाचार सम्पादक दीपेन्द्र वान्तावाले संयोजन गरेका छन् । उक्त गीत तयार गर्न महेश श्रेष्ठ, दीपेन्द्र वान्तवा, कुमार अनुरागी, भीषण मुकारुङ, संजीव श्रेष्ठ, दीपक खनाल, कृष्णभगत प्रधान, सन्तोष  कुलुङ, सुधिर शाक्य, लेखा श्रेष्ठ लगायतले विभिन्न किसिमका सहयोग गरेको गीतकार श्रेष्ठले जानकारी दिनुभयो ।

यो गीत पनि अघिल्लो गीतहरु जस्तै श्रोताले मन पराईदिने अपेक्षा रहेको श्रेष्ठले बताउनुभयो । श्रेष्ठको यस अघि टाढा छु म, संखुवासभा राम्रो, म त नेपालमा, नेपालकी छोरी म लगायतका गीतहरु सार्वजनिक भईसकेका छन् ।

सम्बन्धित समाचार