प्रसंसा बटुल्दै भरत कुलुङको गीत ‘भोजपुरको सिरानी’ (भिडियो सहित)




संखुवासभा । साहित्यकार भरत कुलुङले सिलिचोङ काखैमा बोलको पहिलो गीत बजारमा ल्याएका छन् । विशेष गरि गजल र मुक्तक लेख्दै आएका साहित्यकार कुलुङले हालै पहिलो गीत बजारमा ल्याएका हुन् ।

भोजपुरको विभिन्न प्राकृतिक तथा धार्मीक क्षेत्रहरुको बर्णन गर्दै तयार लेखिएको उक्त गीतमा राजेश पायल राई र लीला राईले आवाज दिएका छन् । गीतमा संगीत मनोज साङ्सोनले भरेका हुन् । उक्त गीतको भिडियो खोपी ईन्टरटेन्मेन्टले तयार गरेको छ । स्टुडियोमा तयार पारिएको ईन्डोर भिडियोमा राजेश पायल राई र लीला राईलाई नै देखाईएको छ ।

उक्त गीतको म्युजिक भिडियो स्टुडियो किङ युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । गीत सार्वजनिक भएपछि गीतकार कुलुङले दर्शक श्रोताहरुबाट प्रसंसा पाईरहेका छन् । हेरौँ उक्त गीतको भिडियो

सम्बन्धित समाचार