उत्कृष्ट निर्देशकको बाटोमा हाङ चेम्जोङ



दक्षिण कोरिया । सुकिलो गन्तव्य मान्दै आएको देश मध्य एउटा देश हो कोरिया । धेरै युवाहरु रोजगारीको सुगम गन्तव्य ठानेर इपियस भाषा पास गरि मेहनत को साथ जान्छन् कोरिया । ती मध्य एक हुन् हाङ चेम्जोङ । जति सुगम र सहज सोचिन्छ त्यति सजिलो छैन कोरिया । कयौंले आत्मा हत्या गर्छन् कयौ सुतेको सुतेकै हुन्छन् । तर हाङ भने जोखिम भित्र पनि आनन्द भेट्छन ।

चिटिक्क परेको जिउ डाल बोल्दा मुसुक्क हासेर बोल्ने, लचिलो स्वाभावको उनी म्युजिक भिडियो प्रति सधै जागरुक छन् । तीन दर्जन बढी म्युजिक भिडियो निर्देशन गरिसकेका उनी कोरियाको नेपाली भाषी निर्देशकमा उत्कृष्ट र अग्र स्थानमा छन । एक पछी अर्को गर्दै म्युजिक भिडियो हरु लगातार बजारमा ल्याइरहेका छन निर्देशक हाङ चेम्जोङले । नेपालका चर्चित गायक गायिकाहरुदेखी लिएर संगितकार तथा गितकारहरु संग सहकार्य गरिसकेका उनी आफ्नो कर्म प्रति नतमस्तक भएर लाग्छन । कोरिया को सुन्दर नगरीहरु समुन्द्री किनारा तथा फुलको बिछ्यानहरुलाइ आफ्ना भिडियोमा अटाईसकेका छन्।

राजेश पायल रार्इको आधा तिमि आधा म बोलको गीतसंगै उत्कृष्टताको उचाई चुमेका उनी पछिल्लो समय तिमी र म भर्खर सार्वजनिक गरेका छन । मेलिना राई र समिर लिम्बुको आवाजमा रहेको उक्त गीतको भिडियो पनि दर्शकले खुब रुचाएका छन् । सदोक मल्लको शब्द र कमल रसाईलीको संगीत रहेको यस गीतको भिडियोले पनि दर्शकहरुको प्रसंसा बटुलिरहेको छ ।

सम्बन्धित समाचार