संखुवासभाको खाँदबारीमा एक दिने निःशूल्क स्वास्थ्य शिविर सम्पन्न



खाँदबारी नगरपालिका, गोपाल भगतप्रधान मेमोरियल ट्रष्ट, र नेपाल अर्बुद्ध रोग निवारण संस्था शाखा कार्यालय खाँदबारीकोआयोजनामा एक दिने निःशूल्क शिविर सञ्चालन भएको छ । शिविरमा पाठेघरको मुखमा क्यान्सरको चेकजाँच गरेकोे स्त्री रोग विशेषक्ष डा। सबिना पौडेलले बताउनु भयो । शिविरमा ९२ जनाले उपचार सेवा लिएका थिए ।
शिविरमा खाँदबारी नगरपालिका १ का वडाध्यक्ष निरन्जन श्रेष्ठ, खाँदबारी नगरपालिकाका सूचना अधिकारी दिनेश कट्टेल, ट्रष्टका अध्यक्ष कृष्णभगत प्रधान, अर्बुद्ध रोग निवारण संस्थाका अध्यक्ष कृष्ण बहादुर अधिकारीको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार