७७ वर्षमा सम्बन्धविच्छेद



 

धनकुटा । श्रीमान् र श्रीमतीबीचको सम्बन्ध विग्रिएको लामो समयपछि धनकुटाको एक राई दम्पतीले सम्बन्धविच्छेद गरेका छन् । जिल्ला अदालत धनकुटामा श्रीमतीले सम्बन्धविच्छेदको निवेदन आइतबार दिएपछि शहीदभूमि गाउँपालिका ३ का ७७ वर्षीय बर्मध्वज राई र उनकी श्रीमती ६० बर्मेश्वरी राईको सोमबार सम्बन्ध विच्छेद भएको हो । उनीहरुको विहे २०३४ सालमा भएको थियो ।

विवाह भएको ४२ वर्षपछि राई दम्पतिले सम्बन्धविच्छेद गरेका हुन् । बर्मेश्वरीले २ छोरीको लालन पालनमा श्रीमान् बर्मध्वजले सहयोग नगरेकोले विगत ३० वर्षदेखि आफू छुट्टै बस्दै आएको अदालतमा बयान दिएकी थिइन् । राई दम्पतिका विवाह भएर ज्वाइँको घर गईसकेको ४२ र ३८ वर्षीया २ छोरी पनि सोमबार अदालतमा उपस्थित थिए ।

कपुरी न्युजबाट

सम्बन्धित समाचार