सिलिचोङ समृद्धिको एक ईटा ‘सिलिचोङको काखैमा’ (भिडियो सहित)




संखुवासभा । ‘आफुले सकेको योगदान गाउँलाई’ भन्ने सोँचका साथ सिलिचोङ गाउँपालिकाका युवाहरुले गाउँपालिकाको प्रचारको लागि गीत सार्वजनिक गरेका छन् । सिलिचोङमा जन्मिएका युवा संगीतकर्मी संयोगान्त कुलुङको सक्रियतामा सिलिचोङको काखैमा बोलको गीतको भिडियो शुरशाला ईन्टरटेन्मेन्ट च्यानलबाट सार्वजनिक गरिएको हो । गीत सिलिचोङ काठ्माण्डौ समन्वय समितिको ब्यानरबाट ल्याईएको हो ।

गीत र भिडियो निर्माणमा स्थानीयकै सक्रियता

सार्वजनिक गरिएको गीतमा संयोगान्त कुलुङकै आवाज रहेको छ भने संगीत पनि कुलुङकै रहेको छ । शब्द लेखन तथा संकलन भने खेवाहाङ मेवाहाङ, भुपालराज मेवाहाङ र भुपेन्द्र कुलुङले गरेका हुन् । गीतमा टेकेन्द्र याक्सोले संगीत संयोजन रहेका हुन् । भोईस अफ नेपालको स्टुडियोमा रेकर्डिङ भएको उक्त गीत दिप घतानीले रेकर्डिङ गरेका हुन् । म्युजिक एरेञ्जर बाहेक गीतमा संलग्न सवै स्थानीयहरु नै हुन् । गायक तथा संगीतकार वडा नं. ३ ताम्कुका हुन् भने शब्द संकलकहरु वडा नम्बर २ बालाका हुन् ।

गीतको भिडियो निर्माणमा पनि स्थानीयकै सक्रियता रहेको छ । भिडियोको परिकल्पना तथा निर्देशन खेवाहाङ मेवाहाङले गरेका हुन् । छाँयाङ्कन समेत मेवाहाङले नै गरेका हुन् । भिडियो संकलन लोककुमार कुलुङ, ध्यान कुलुङ, सन्तोष मेवाहाङले गरेका हुन् । भिडियोमा प्रयोग गरिएको नृत्यको कोरियोग्राफी भने कुमार अनुरागीले गरेका हुन् । भिडियोमा पनि अनुरागी बाहेक सवै सिलिचोङका नागरिकहरु नै हुन् ।

गाउँपालिका परिवार आभारी छौंः गाउँपालिका अध्यक्ष कुलुङ

सिलिचोङको काखैमा गीतको भिडियो हेरेपछि गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले खुसी ब्यक्त गरेका छन् । गीतले गाउँपालिकाको प्रचारप्रसारमा ठुलो योगदान पुराउने विश्वास समेत ब्यक्त गर्नुभयो ।

गीतबाट गाउँपालिकाको पर्यटकिय क्षेत्रहरुको जानकारी, रहनसहन, जनजिविका लगायतको बारेमा गाउँपालिकाको बारेमा चासो राख्नेको लागि पर्याप्त जानकारी प्रदान गरेको बताउनुभयो । अध्यक्ष कुलुङले भन्नुभयो, गायक संयोगान्त कुलुङ लगायत सवै टिम प्रति आभार ब्यक्त गर्दछौं ।

गाउँलाई थारै भएपनि योगदान पुगोस भनेर गीत बनायौंः गायक कुलुङ

यस गीतका गायक तथा संगीतकार संयोगान्त कुलुङले आफुहरुले जानेको कामबाट गाउँलाई केही योगदान पुराउने उद्देश्यले गाउँपालिकाको गीत तयार पारेको बताएका छन् । गीतको माध्ययमबाट गाउँको पर्यटकिय सम्भावनाहरुको उजागर गर्न गीत ल्याईएको उनको भनाई छ । करिव एक लाख रुपैयाँ खर्चेर तयार भएको गीत र भिडियो निर्माणमा केही रकम अन्यबाट सहयोग प्राप्त भएपनि करिव एक चौथाई खर्च गायक कुलुङले नै गरेका हुन् । गीत तयार गर्न सिलिचोङ १ का उदय कुलुङले पनि आर्थिक सहयोग गरेका छन् । ईमकालु अनलाईनसँग कुरा गर्दै गायक कुलुङले गीत र भिडियो बनाउन आफ्नो ठाउँबाट सहयोग गर्ने सवैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

https://www.youtube.com/watch?v=f4i9nKJ6AWk

सम्बन्धित समाचार