भोजपुरमा मृतकका परिवारलाई एक लाख आर्थिक सहयोग



भोजपुर । करेन्ट लागेर मृत्यु भएका भोजपुर नगरपालिका –११ अम्तेकका शम्भु विसुन्केको परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । सोही स्थानमा रहेको लक्ष्मी माध्यमिक विद्यालयको भवन निर्माणको क्रममा अचानक करेन्ट लागेर विसुन्केको निधन भएपछि राहत स्वरुप रु. एक लाख तीन हजार ५०० रुपैया हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक शेरबहादुर राईले जानकारी दिए ।

विद्यालयको भवन उद्घाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य सांसद सुधन किरातीले विसुन्केको परिवारको लागि आर्थिक सहयोग गर्दै अन्य महानुभावलाई पनि सहयोगको आह्वान गरेसंगै जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति ,विद्यालयका शिक्षक, समाजसेवी, स्थानिय लगाएतबाट सहयोग संकलन गरेर आज एक कार्यक्रमका विच हस्तान्तरण गरिएको प्रधानाध्यापक राईको भनाई छ । विसुन्केका गत असार १० गते करेन्ट लागेर मृत्यु भएको थियो ।

सम्बन्धित समाचार