बिरामी दाजुलाई किड्नी दिन भाइले गरे देहत्याग,



भारतको गुजरात राज्यस्थित एक विद्यार्थीले दाजुको ज्यान बचाउनका लागि आफ्नो ज्यान नै दिएका छन् । १९ वर्षीय नैतिक तन्देल आफना बिरामी दाजुलाई किड्नी दान गर्न चाहन्थे ।यसका लागि शनिवार उनले अस्पतालको कोठामा झु न्डि एर आ त्मह त्या गरे । तर उनको यो बलिदान चिकित्सकहरुका कारण काम लाग्न सकेन । चिकित्सकहरुले दाजुको शरिरमा प्रत्यारोपण गर्न नमान्दा उनको मृगौला खेर गएको छ ।

जानकारी अनुसार पुलिसले नैतिक झु न्डि एको कोठाबाट सु साइ ड नो ट पनि बरामद गरेको छ । यसमा मृ तक नैतिकले दाजु कनिषलाई मृगौला दान गर्ने इच्छा जनाएका थिए । नैतिकले नोटमा लेखेका थिए ‘दाजुलाई किड्नी दान गर्न चाहन्छु । यसैले आफ्नै खुसीले ज्या न दिँदैछु । यसमा कसैको हात छैन र मेरो आ त्मह त्याबारे कसैलाई नसोध्नुहोला ।’

उनले नोटमा अगाडि लेखेका छन्, ‘किड्नी दाजुलाई प्रत्यारोपण गरिदिनुहोला । बाकी शरिर कुनै आवश्यक परेको स्थानमा दिनुहोस ।’ नैतिक गुजारतको वलसाडस्थित पारदीका बासिन्दा थिए । उनी गुजरातकै वरनामामा बाबरिया इन्स्टिच्युट अफ टेक्नोलोजीमा सेकेन्ड इयरका विद्यार्थी थिए। २५ जुनबाट तेस्रो वर्षको पढाई थाल्ने तयारीमा थिए । नैतिकका पिता अवकाशप्राप्त कर्मचारी हुन् । आमा भने गृहिणी हुन् । परिवारका साँझ फोनमा नैतिकसँग कुरा भएको थियो । फोनमा कुरा हुँदा उनले कुनै प्रकारको तनाव प्रकट गरेका थिएनन् ।

जानकारी अनुसार नैतिकका दाजु पछिल्लो कयौँ दिनदेखि बिरामी थिए । उनका दुवै मृगौला फेल भएका थिए । त्यहीकारण उनी डाइलिसिस गरिरहेका थिए । समाचार अनुसार नैतिकले दाजुको यो पीडा देख्न सकेका थिएनन् । उनले दाजुलाई किड्नी दान गर्ने योजना बनाएका थिए । त्यसैले उनले अस्पतालको कोठा बन्द गरेर आ त्मह त्या गरे । नैतिकको इच्छा अनुसार परिवारजनलले जिल्लाको एसएसजी अस्पताललका डाक्टरसँग किड्नी ट्रान्सप्लान्टका लागि सहयोग मागे । तर जब श वलाई अस्पताल लगियो तब डाक्टरले ट्रान्सप्लान्ट गर्न इन्कार गरिदिए ।

सम्बन्धित समाचार