आँखा जचाउन क्लिनिक गएकी युवतीमाथि यौ*न दुर्व्यवहार



साउन  | आँखा जचाउन क्लिनिक गएकी युवतीमाथि यौ*न दुर्व्यवहार गरेको आरोपमा डाक्टर पक्राउ परेका छन् | महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले युवतीको उजुरीपछि ती डाक्टरलाई ललितपुरबाट पक्राउ गरेको हो।

२२ गते पक्राउ परेका डाक्टरमाथि जबर जस्ती क*रणी मुद्दामा अनुसन्धान थालिएको परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण चिमरियाले बताए । आँखा रोगका ती डाक्टरकहाँ जचाउन गएकी युवतीले परिसरमा जाहेरी दिएको चिमरियाले बताए। पीडितको परिचय खुल्ने हुनाले डाक्टरको क्लिनिक र डाक्टरको नाम खुलाइएको छैन।

प्रहरीका अनुसार पक्राउ परेका डाक्टरमाथि अनुसन्धान भइरहेको छ। उनले आरोप अस्वीकार गरेका छन् । प्रहरीले पीडित युवतीको स्वास्थ्य परीक्षण, उनको बयान तथा सबुत संकलन गर्ने काम भइरहेको बताएको छ।

सम्बन्धित समाचार