औषधिमा स्वदेशी उत्पादनलाई जोड



काठमाडौं ।  नेपालमै पर्याप्त उत्पादन हुने औषधि विदेशबाट आयात भइरहँदा ‘औषधि उत्पादन गरी आत्मनिर्भर हुने’ नीति कार्यान्वयनमा समस्या देखिएको छ। सरकारले स्वदेशमा उत्पादन हुने औषधिको आयातमा रोक लगाई आत्मनिर्भर हुने नीति लिएको छ तर नीति कार्यान्वयन नहुँदा औषधि उत्पादनका क्षेत्रमा भएको २५ अर्ब रुपियाँ जोखिममा परेको छ। सरकारले गत वर्षको बजेट वक्तव्यमा नेपाललाई औषधि उत्पादनको क्षेत्रमा आत्मनिर्भर बनाउँदै लैजाने उल्लेख गरेको थियो।

समृद्ध नेपाल निर्माणमा सरकारले औषधि उत्पादनका क्षेत्रमा लिएको नीतिले नेपालमा औषधि उत्पादन गर्दै आएका उद्योगी खुसी भएका थिए। तर सरकारको यो नीति कार्यान्वयन हुन नसकेको औषधि उत्पादकहरूको गुनासो रहेको खबर गाेरखापत्र दैनिकमा छ। नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष दीपकप्रसाद दाहालले भने, “स्वदेशी औषधि प्रवद्र्धन नगर्दा यस क्षेत्रमा रहेको ठूलो लगानी जोखिममा छ।’’

नेपालमा सञ्चालित ५५ वटा औषधि कम्पनीमा २५ अर्ब रुपियाँ लगानी छ। अध्यक्ष दाहालका अनुसार भारत, बङ्गलादेश लगायतका मुलुकमा औषधि उद्योगलाई सरकारले जग्गा उपलब्ध गराउनेदेखि उद्योग मुनाफामा नजाँदासम्म करमा छुट दिने गरेको छ। विदेशमा औषधि उद्योग सञ्चालन गर्दा बैङ्कले सहुलियत ऋणलगायतका सुविधासमेत दिने गरेको उनले बताए।

सम्बन्धित समाचार