जनकपुर । ट्वाइलेट जाने क्रममा बाटोमा भेट भएर सामान्य गफ गरिरहेका दुई किशोर किशोरीको केही उच्छृं*खल युवाहरूले जबर जस्ती बिहे गराइ दिएका छन् । ती युवाहरुले यस्तो गर्दै गर्दा त्यहाँ ठूलो संख्यामा रमितेहरु थिए तर कसैले पनि यो जघन्य अपराध रोक्ने प्रयास गरेनन् बरु रमिते बनेर यो अपराधको मोवाइलमा भिडियो बनाए ।
कसैले त्यो भिडियो फेसबुकमा अपलोड गरिदिएपछि अहिले भिडियो भाइरल भइरहेको छ । घटना धनुषाको एक गाउँको भएको बताइएको छ । बिहे गराइदिएका किशोर किशोरी मिल्ने साथी हुन् र उनीहरु एउटै कक्षाका सहपाठीसमेत हुन् । हालै नतिजा आएको एसइइमा किशोरी दुई विषयमा अनुत्तीर्ण भइन् तर किशोर भने उत्तीर्ण भए । किशोर अहिले भारतमा बस्छन् र किशोरी अनुत्तीर्ण भएका विषयमा पुनः परीक्षाको तयारी गरिरहेकी छिन् ।
जबरजस्ती बिहे गराइदिएको भिडियो भाइरल भएपछि अहिले किशोरीलाई घरबाहिर निस्किन समेत कठिन भएको छ । भारतमा बस्दै आएका किशोर केही दिन अघि मात्र गाउँ आएका थिए । किशोरीको घरमा शौचालय नभएकोले किशोरी दिसापिसाब गर्न चउरमा जान्थिन् । त्यस दिन पनि उनी यही कारण चउरमा गएकी थिइन् जहाँ किशोरसँग भेट भएपछि उनीहरुले गफ गरेका थिए ।
उनीहरुले गफ गरिरहेको केही उच्छृंखल युवाहरुले देखेपछि उनीहरुमाथि अत्याचार गरेका हुन् । उद्दण्ड युवाहरुले उनीहरुलाई कुटपिट गरेको बताइएको छ । ती युवाहरुले उनीहरुलाई निर्घात कुटपिट गरे पछि उनीहरुका अभिभावकलाई बोलाए त्यसपछि उनीहरुले समाज बिगार्न लागेको भन्दै जबरजस्ती बिहे गराइदिए । किशोरकिशोरीलाई घिसार्दै मन्दिरमा लगेर विवाह गराइएको थियो ।
विवाह नगराइदिन उनीहरुका अभि भावकले गरेको अनुरोध समेत कसैले सुनेनन् । उता यो घटना दबाउन गाउँकै वडाध्यक्ष लागिपरेको बताइएको छ । बालविवाह र जबर जस्ती विवाह दुवै कानुनी रुपमा अपराध हुन् । यहाँ दुवै अपराध भएको भए पनि वडाध्यक्ष यसलाई दबाउने प्रयासमा छन् । उनले किशो रीका परिवारलाई गाउँमै मिलापत्र गर्न दबाब दिएको आरोप छ । उनले गाउँकै बदनामी हुने भन्दै घटना दबाउन प्रयास गरेका हुन् । उता जबर जस्ती विवाह गराइदिने युवकहरुलाई समेत उनीहरुको जीवन बर्बाद हुने भन्दै पीडितसँग माफी मगाएर चोख्याउने प्रयास भइरहेको बताइएको छ ।
प्रतिक्रिया