वैदेशिक रोजगारीमा ९६ करोड ठगी



काठमाण्डौं ।  वैदेशिक रोजगारीमा गत आर्थिक वर्ष ९६ करोड रुपैयाँ ठगी भएको छ । वैदेशिक रोजगार विभागका अनुसार आव २०७५÷७६ मा १५ करोड ८४ लाख ठगी भएको हो ।

अघिल्लो आवमा डेढ अर्ब ठगी भएको थियो । व्यक्तिगततर्फ ५६ करोड २१ लाख र संस्थागततर्फ ३९ करोड ६३ लाख ठगी भएको छ । ठगी बढ्दै गएपछि नियन्त्रण गर्न सरकारले अनुगमन संयन्त्र प्रभावकारी बनाउने भएको छ । वैदेशिक रोजगारीमा ठगी नियन्त्रण गर्न सरकारले विगतदेखि नै पहल थाले पनि सफल हुन सकेको छैन ।

सम्बन्धित समाचार