५ किलोको पितलको बुद्धको मूर्तिमा सुनको जलप लगाएर बिक्री गरि फर्किने क्रममा दाङमा पाँचजना पक्राउ



दाङ । अवैध भारतीय १५ लाख ८९ हजार ५ सय रुपैयाँसहित दाङमा पाँचजना पक्राउ परेका छन्। ५ किलोको पितलको बुद्धको मूर्तिमा सुनको जलप लगाएर बिक्री गरेर फर्किने क्रममा उनीहरू पक्राउ परेको पक्राउ जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–२ प्रेमनगर बस्ने ४२ वर्षीय शसे विक, सोही ठाउँका ३३ वर्षीया मनकुमारी खत्री, रोल्पाको त्रीवेणी गाउँपालिका–९ डरुवा बस्ने ४३ वर्षीय प्रकाश केसी, जाजरकोट बारेकोट गाउँपालिका–८ बस्ने २७ वर्षीय पूर्ण विक र तुलसीपुर उपमहानगरपालिका–५ बरुवागाउँ निनबासी २७ वर्षीया हिरा विक रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोद विक्रम शाहले बताए।

उनीहरूलाई गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अमिलियाको टोलीले पक्राउ गरेको हो। दाङ र भारतको सिमाना भैसाहीमा भारतीय नागरिकलाई सुनको बुद्धको मूर्ति भनेर बिक्री गरेर फर्किने क्रममा उनीहरू पक्राउ परेको प्रहरीले बताएको छ।

सम्बन्धित समाचार