इटहरी । इटहरीमा युवतीलाई जवरजस्ती यौनधन्दा गराउँन खोज्ने होटल सञ्चालिका पक्राउ परेकी छिन । इटहरीको विराटनगर लाईनमा सञ्चालित न्यारेसन होटल एण्ड लज बारकी सञ्चालिका रेखा न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो । केहि समय अघि देखि होटलमा काम गदै आएकी युवतीलाई होटलमा आएको ग्राहक सँग यौनसम्पर्क गर्न जवरजस्ती गरे पछि ती युवतीले प्रहरीलाई खबर गरेकी थिईन । पैसाको आश्वसन समेत दिदै ग्राहक सँग कोठमा बस्न जवरजस्ती गरे पछि प्रहरी सम्म पुगेको ती युवतीले बताएकी छिन ।
होटल सञ्चालिका न्यौपानेलाई पक्राउ गरेको इलाका प्रहरी कार्यलय इटहरीका मुद्धा फाटका सई राजकुमार थापाले बताए । यौनधन्दा गराउँन जवरजस्ती गराएको आरोपमा पक्राउ परेकी न्यौपानेलाई मुद्धा दायर भएको उनको भनाई थियो ।
इटहरीमा अझै पनि लुकीछिपि यौनधन्दा भईरहेको भन्दै प्रहरीले कडाई गर्न थालेको छ । पछिल्लो केहि समय यता होटलमा यौनधन्दा गराएको भन्दै केहि होटल सञ्चालकहरुलाई प्रहरीले पक्राउ समेत गरिसकेको छ ।
प्रतिक्रिया