काठमाडौ। शनिबार बिहान गोरखा केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको छ ।
बिहान ६ बजेर १९ मिनेटमा गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बेराबारी ०७२ सालको महाभूकम्पको केन्द्रबिन्दु बारपाक नजिकै हो ।
भूकम्पको गोरखासहित छिमेकी जिल्लाहरु लमजुङ, तनहुँ र धादिङमा समेत महसुस गरिएको थियो ।
प्रतिक्रिया