कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा आज सार्वजनिक हुने



राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा आज सार्वजनिक गर्ने भएको छ । यहि भाद्र २२ र २३ गते संचालन भएको सो परीक्षाको नतिजा आज सार्वजनिक गर्न लागिएको हो ।

नतिजा आज बेलुकी ५ बजे पछि सार्वजनिक हुने छ ।

नतिजा हेर्ने तरिका 

काशन भैसकेपछी ईन्टरनेट वा मोबाईल एसएमएसमा नतिजा हेर्न सकिन्छ ।

ईन्टरनेटमा नेपाल टेलिकमको वेबसाईट www.neb.ntc.net.np मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखि नतिजा हेर्न सकिन्छ भने मोबाईल एसएमएस बाट NEB लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा SMS पठाएर पनि आफ्नो नतिजा हेर्न सकिन्छ ।

उदाहरणको लागि: तपाईंको सिम्बोल नम्बर 12345678 हो भने NEB 12345678 लेखेर ३१००३ मा पठाउन आफ्नो सबै बिषयगत नतिजा हेर्न सकिन्छ ।

सम्बन्धित समाचार