आफैले चलाउँदै आएको ट्रकले किच्दा चालकको मृत्यु



दोलखा ।  भीमेश्वर नगरपालिका–९ मा आफैले चलाउँदै आएको ट्रकले किच्दा चालकको ज्यान गएको छ ।

ट्रक चलाउन स्टेरिङमा जाने क्रममा ट्रकको अगाडिको चक्काले किच्दा ३५ वर्षीय विजय तामाङको ज्यान गएको हो ।

शुक्रबार दिउँसो सदरमुकाम चरिकोटमा रहेको च्छोरोल्पा जनरल अस्पतालको अक्सिजनको खाली सिलिण्डर लोड गरेर गाडीमा चढ्ने क्रममा तामाङलाई ट्रकको अगाडिको टायरले किचेको दोलखाका प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिनुभयो ।

ट्रकले किच्दा उहाँ गम्भीर घाइते हुनुभएको थियो । उहाँको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र (प्रस्तावित चरिकोट अस्पताल) मा ज्यान गएको हो ।

ट्रकमा सहचालक पनि नभएको र ओट पनि नभएकाले दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

सम्बन्धित समाचार