इनरुवा । दशैँको किनमेलमा सुनसरीका भारतीय नाका भीडभाड हुने गर्दछ। बिशेष गरी पूर्वी नेपालको जोगबनी पछि धेरै सामान आउने भण्टावारी छोटी भन्सार हो। यो नाकामा चाडबाडको किनमेल पनि बढी हुन्छ। दशैँको बेला अन्य समय भिडभाड हुने यो नाका अहिले भने ’सुस्त’ छ। दशैँको बेला पनि मान्छेको आवागमन कम हुनुमा कास्मिरी समस्याको कारण देखिएको छ।
चाडपर्वमा भारतीय बजारमा चहलपहल बढ्दा भारतीयपक्षले आतंकवादीको घुसपैठ हुनेभन्दै सीमा क्षेत्रमा सुरक्षा बढाएको हो। नेपालको बाटो हुँदै भारतीय क्षेत्रमा छिर्ने योजनामा रहेको सूचना भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले जानकारी पाएको थियो। धार्मिक भेषमा नेपालको खुल्ला बोर्डर हुँदै भारततर्फ आतंकवादीहरू छिर्ने सूचना एसएसबीले पाएसँगै सीमा क्षेत्रमा सुरक्षाको व्यवस्था कडा गरिएको छ।
अरुबेला आउँदा अलि सजिलो थियो, आज आउँदा अलि बढी नै छेकजाँच छ’ भारतीय बजारमा किनमेल गर्न आएका नेपालका श्रवण चद्रबंशीले भने, ’प्लेनमा विदेश जाँदा चेक गर्ने मेशिनले पनि खानतलासी गर्यो।’ सुनसरीको सीमा क्षेत्रबाट प्रयोग गर्दै धार्मिक प्रचारको नाममा केही आतंकवादीहरू विहारको सुपौल जिल्ला हुँदै भारत प्रवेश गर्ने तयारीमा रहेको सूचना केन्द्र सरकारले एसएसबिलाइ जानकारी गराएको थियो।
प्रतिक्रिया