पशुपतिनाथ मन्दिरमा ४५ किलो सुन चढाइएको तथ्य फेला



काठमाडौं । पशुपतिनाथ मन्दिरमा करिब ४५ किलो सुन चढाइएको तथ्य फेला परेको छ। यसअघि पशुपति क्षेत्र विकास कोषले वर्ष दिन लगाएर तयार पारेको प्रतिवेदनमा ५६ वर्षको अवधिमा ९ किलो मात्र सुन देखाएको थियो। हालसम्म चढाइएको सनु ९ किलो मात्र भनेर समाचार प्रकाशन भएपछि सर्वत्र विरोध भएको  छ।

त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत गठित श्रीपशुपतिनाथ सम्पत्ति संरक्षण तथा गुठीजग्गा अध्ययन एवं छानबिन समितिले पुनः खोजी गर्दा सुनको यो तथ्य फेला परेको हो  समितिले पशुपति भण्डार तहबिल कार्यालायलाई ‘भक्तजनले जढाएको सुनको विवरण समावेश भएको छैन? नभए हालसम्मको विवरण खुलाई साथै तहबिलले बजार खरिद गरी चढाएको सुन र चाँदीमेलत खुल्ने गरी जनाकारी दिन पत्राचार गरेको थियो।

सम्बन्धित समाचार