मोरङको हर्कपुरमा आगलागी हुँदा एक घरमा क्षति



काठमाडौं । मोरङको धनपालथान गाउँपालिका-४ हर्कपुरस्थित एक घरमा बिहीबार आगलागी भएको छ ।हर्कपुरका बैजु ऋषिदेवको टिनको छाना भएको १ तलेको २ कोठे घरमा विधुत सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट ऋषिदेवको घरमा भण्डारण गरी राखेको अन्नपात, लत्ताकपडा, भाडावर्तन लगायतका सामाग्रीमा क्षति पुग्दा करिब ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।प्रहरी र स्थानियबासीको सक्रियतामा डेढ घण्टापछि आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार