शल्यक्रिया गरेर प्रसुति गराउने क्रममा टाउकोमा चोट लागेका शिशुको मृत्यु



काठमाडौं । पाल्पाको लुम्बिनी मेडिकल कलेजमा शल्यक्रिया गरेर प्रसुति गराउने क्रममा टाउकोमा चोट लागेका शिशुको मृत्यु भएको छ ।

गुल्मीको रुरु गाउँपालिका ५ कि सरिता श्रेष्ठको पेटमा रहेको ७ महिनाको बच्चा डाक्टरले भदौ २४ गते शल्यक्रिया गरी निकाल्ने क्रममा टाउको काटिएको प्रहरीले जनाएको छ ।

त्यसपछि तीन वटा टाँका लगाई भेन्टिलेटरमा राखी उपचार गरिएको शिशुको बिहीबार सवा ७ बजे मृत्यु भएको हो । सुत्केरी आमाको त्यही अस्पतालमा उपचार भइरहेको छ । घटटनाको विषयमा पाल्पाको प्रभासस्थित प्रहरी चौकीले अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित समाचार