भोजपुरमा भुकम्पीय जोखिम तथा आग्लागी बाट बच्नका लागि डेमो गरियो



भोजपुर  ।  भोजपुरको हतुवागढी गाउँपालिकाको घोडेटारमा भुकम्पीय जोखिम तथा आग्लागी बाट बच्नका लागि चेतना मुलक प्रदशन (डेमो) गरिएको छ । विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत विहिबार चेतना मुलक प्रदशन गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक नरबहादुर सलामी मगरले जानकारी दिए ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरुले डेमोमा भुकम्प आइसकेपछि उद्धारको क्रममा घाइते पिडितहरुलाई प्रदान गरीने प्राथामीक उपचार सम्बन्धी तेतनामुलक जानकारी दिइएको थियो ।त्यस्तै आगो नियन्त्रण उपकरणको प्रयोगका विषयमा पनि सर्वसाधारणलाई जानकारी गराइएको छ ।

सगरमाथा मावि घोडेटारको प्राङगणमा भएको चेतनामुलक प्रदशन मार्फत आगो नियन्त्रण गर्न प्रयोग गरिने उपकरण फायर ग्यासको प्रयोगका विषयमा जानकारी दिइएको प्रहरी नायव उपरीक्षक मगरले जानकारी दिए । सुख्खा मौषममा आगलागीका घटना बढ्ने भएकाले आगोलागीहालेमा फायर ग्यासको माध्यमबाट कसरी आगो नियन्त्रण गर्ने भन्ने विषयमा जानकारी दिइएको छ ।

प्रविधि संगै सीपको अभावमा आगालागी बाट धेरै क्षती हुने भएकाले यो प्रविधिको विषयमा जानकारी लिइएपछि घरमा एक्लै हुँदा आगलागीहालेमा कसरी नियन्त्रण गर्ने भन्ने विषयमा जानकारी भएको सर्वसाधारणले बताएका छन् ।

सम्बन्धित समाचार