जंगली हात्तीले आक्रमण गर्दा मृत्यु भएका ६५ बर्षिय बलदेव बोहराका परिवारलाई आज किरिया खर्च हस्तान्तरण



कञ्चनपुर।जंगली हात्तीले आक्रमण गर्दा मृत्यु भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १ गणेशपुरका ६५ बर्षिय बलदेव बोहराका परिवारलाई आज किरिया खर्च वाफतको रकम हस्तान्तरण गरिएको छ।  राष्ट्रिय प्रकृति संरक्षण कोषका तर्फ बाट रु ५० हजार र नगरपालिकाका तर्फ बाट रु २५ हजार गरी रु ७५ हजार रकम हस्तान्तरण गरिएको हो।

सुदूरपश्चिम प्रदेश सभाका सदस्य लाल बहादुर खडका, नगर प्रमुख दिल बहादुर ऐर, प्रमुख जिल्ला अधिकारी शुसिल बैद्य, प्रहरी उपरिक्षक दिनेश आर्चायको उस्थीतिमा रकम हस्तान्तरण गरिएको छ। गत असोज २९ गते साईकलमा कृष्णपुर नगरपालिकाको वाणी तर्फ जादै गरेका बेला हात्तीले आक्रमण गर्दा बोहराको घटना स्थलमै मृत्यु भएको थियो।

अर्का सोही ठाउका नारायण सार्कीले भने भागेर ज्यान जोगाएका थिए। रकम हस्तान्तरणमा सहभागीहरुले सरकारको तर्फ बाट पाईने राहत रकमका लागि चाडैं पहल गर्ने प्रतिवद्धत समेत गरेका छन।

सम्बन्धित समाचार