च्यांग्राको रौंबाट बनेको ब्लांकेट दुई लाख पर्ने !



काठमाडौं । नेपालीमाझ च्यांग्रा स्वादिलो मासुका लागि परिचित छ। उच्च हिमाली क्षेत्रमा पाइने च्यांग्रा दसैंका बेला तराईसम्म पुग्छ।च्यांग्रा मासुका लागि मात्रै महत्त्वपूर्ण छैन । रामपुरमा आयोजित एसिया क्षेत्रस्तरीय बाख्रा विज्ञहरूको सम्मेलनमा पुग्नेले च्यांग्राको रौं पनि मूल्यवान् भएको मेसो पाउँछन्।

आइतबारबाट कृषि तथा वन विज्ञान विश्वविद्यालयको सभाहल अगाडि धनप्रसाद लामिछाने सल, स्विटर ब्लांकेटजस्ता न्याना कपडाहरू राखेर बसेका छन्।‘यो ब्लांकेट १२ हजारको हो,’ धनप्रसादले मूल्य सुनाए । मूल्य सुन्दा बढी जस्तै त लागेन नि? तर, धनप्रसादका लागि यो कमै हो । उनले थपे, ‘मसँग यस्तो ब्लांकेट २ लाख रुपैयाँ पर्नेसम्मका छन् ।’ च्यांग्राको रौंबाट बनेको हुँदा मूल्य बढी परेको हो।

उनले विसं २०५६ सालदेखि काठमाडौं जोरपाटीमा माउन्ट मकालु पस्मिना उद्योग चलाएका छन् । त्यहाँ च्यांग्राको रौंबाट सामग्रीहरू उत्पादन गरिँदै आएको छ।

सम्बन्धित समाचार