नक्कली नोट छाप्ने मेसिनसहित तीन जना पक्राउ



काठमाण्डौ । काठमाण्डौको बौद्धबाट नक्कली नोट छाप्ने मेसिनसहित तीन जना पक्राउ परेका छन् ।  सोमबार बिहान बौद्धको नयाँबस्तीबाट पक्राउ परेका उनीहरुको नाम भने खुलाइएको छैन ।

पक्राउ परेकाको साथबाट  ३५ हजार रुपैयाँ बराबरको नक्कली नोटसमेत बरामद गरेको काठमाण्डौ प्रहरी परिसर टेकुका डीएसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो । उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार